९२ वर्षको उमेरमा पाँचाैँ विवाह गर्दै मिडिया साम्राज्यका मालिक मर्डोक


चैत ७, एजेन्सी। मिडिया मुगुल रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा विवाह गर्ने भएका छन्। उनले पूर्वप्रहरी अन लेस्ले स्मिथसँग इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन्।

यो जोडीको सेप्टेम्बरमा क्यालिफोर्नियामा उनको अङ्गुर बगैँचमा भएको एक कार्यक्रममा भेटिएको थियो।

अष्ट्रेलियामा जन्मिएका ९२ वर्षीय मिडिया मालिकको यो पाँचौं विवाह हुनेछ। उनले आधिकारिक रूपमा चौथी पत्नी, जेरी हलसँग अगस्टमा सम्बन्ध विच्छेद गरेका थिए।

६६ वर्षीया स्मिथ एक विधवा हुन्। उनका स्वर्गीय पति चेस्टर स्मिथ गायक, रेडियो र टिभी कार्यकारी थिए।

द अष्ट्रेलियन, द टाइम्स इन द युके, र संयुक्त राज्य अमेरिकामा फक्स न्युज जस्ता मिडियाहरूका मालिक मर्डोकले मार्च १७ मा न्यूयोर्कमा सुश्री स्मिथलाई प्रस्ताव राखेका थिए।

दम्पतीले आगामी समरमा विवाह गर्ने योजना बनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?