अष्ट्रेलियामा १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको भिडियो शेयर नगर्न प्रहरीको अनुरोध


चैत ९, मेलबर्न, अष्ट्रेलिया। प्रहरीले यस महिना सनसाइन कोस्टमा १३ वर्षीया बालिकालाई अपमानित रूपमा आक्रमण गरिएको भिडियो शेयर नगर्न आग्रह गरेको छ।

११, १२ र १३ वर्षीया बालिकाहरूले पिडीत बालिकाको इच्छा विपरित उक्त भिडियो सार्वजनिक गरेको पाइएपछि प्रहरीले उक्त अनुरोध गरेको हो।

प्रहरीले शेयर नगर्न अनुरोध गरिएको भिडियोमा आक्रमण गरिएको, तनाव दिइएको र चक्कुले काटिएको संवेदनशील दृश्यहरू देखिएको छ। उक्त भिडियो स्कुले विद्यार्थीहरूसम्म पनि पुगेको एबिसी न्युजले अनुमान गरेको छ।

१३ वर्षीया बालिकालाई घरमा बोलाएर मार्च ११ तारिखमा धेरै घण्टासम्म आक्रमण गरिएको डिटेक्भिहरूले बताएका छन्।  उनलाई बन्धक बनाएर आक्रमण गरिएको पाइएको छ।

एक विज्ञप्तिमा, क्वीन्सल्याण्ड पुलिस सेवाका प्रवक्ताले भनेका छन्, “पीडितको सम्मानमा यस घटनासँग सम्बन्धित कुनै पनि फोटो वा भिडियो शेयर नगर्न र यसमा संलग्न व्यक्तिहरूको थप बदनामी नगर्न पुलिसले अपील गरिरहेको छ।”

तीनै जनालाई मार्च १३ मा गिरफ्तार गरेपछि मारुचीडोर बाल अदालतमा हाजिर गराइएको थियो।

१४ वर्षीया बालिकालाई विभिन्न ४ प्रकारका आरोप लगाइएको छ। त्यसैगरी, उनलाई हिरासतमा राखेर अर्को महिना सनसाइन कोस्टमा पुन: अदालतमा उपस्थित गरिने बताइएको छ।

१३ वर्षीया बालिकालाई हातहतियार राखेर शारीरिक हानी पुर्‍याएर कुटपिट गरेको अभियोग लगाइएको छ। उनी अर्को महिना अदालतमा पुन: हाजिर हुनेछिन्।

१२ वर्षीया बालिकालाई हतियार राखेर कुटपिट गर्ने,  स्वतन्त्रताको हनन र व्यक्तिगत हिंसा लगायतका अभियोग लगाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?