विद्युतीय चुरोटको प्रयोगबाट भिक्टोरियामा पाँच वर्ष मुनिका ५० बालबालिका विषाक्त भएको खुलासा
चैत १०, मेलबर्न, अष्ट्रेलिया। स्वास्थ्य मन्त्री मार्क बटलरले ई-सिगरेट (विद्युतीय चुरोट)लाई सुर्तीजन्य उत्पादनहरू जस्तै नियमन गर्ने विचारलाई अस्वीकार गरेका छन्। उनले ई-सिगरेटको प्रयोगलाई अझ सामान्य र स्वीकार्य बनाउन सक्ने भन्दै नियम नगर्ने बताएका हुन्।
एबिसी रेडियोसँगको अन्तर्वार्तामा उनले भिक्टोरियामा मात्र राज्यको स्वास्थ्य हटलाइनले पाँच वर्ष मुनिका बालबालिकालाई भ्यापबाट विषाक्त गरेको ५० भन्दा बढी रिपोर्ट प्राप्त गरेको खुलासा गरेका छन्।
सिगरेट जस्तै भेप नियमन गर्ने विचार अष्ट्रेलियामा धुम्रपान कानून र धुम्रपान विरोधी स्वास्थ्य अभियानहरू प्राप्त गर्न तम्बाकू कम्पनीहरूको दबाबको एक हिस्सा भएको बटलरले दावी गरेका छन्।
उनले पछिल्लो अनुसन्धानले भेप लिने बानी परेका मानिसहरूले चुरोट पिउने सम्भावना पाँच गुणा बढ्ने पाइएको पनि उल्लेख गरेका छन्। ‘हामीले चुरोटको प्रयोग कम गर्न कडा परिश्रम गर्यौं, तर भेपको बढ्दो समस्यालाई सम्बोधन गर्न हामी सफल भएका छैनौं।’ मन्त्री बट्लरले भनेका छन्।
हालको कानून अन्तर्गत, निकोटिन भेपहरू प्रिस्क्रिप्शनको साथमात्रै किन्न पाइन्छ। तर, कालोबजारमार्फत बालबालिकाहरूले समेत भेपमा पहुँच पुर्याएको बटलरले दाबी गरेका छन्।
अल्कोहल एण्ड ड्रग फाउन्डेसनले १२ देखि १७ वर्ष उमेरका किशोरीहरूमध्ये १४ प्रतिशतले ई-सिगरेट प्रयोग गर्ने प्रयास गरेको पाइएको जानकारी दिएको छ।
त्यो उमेर समूहका करिब १२ प्रतिशत भेप प्रयोग गर्ने विद्यार्थीहरूले आफूले ई-चुरोट किनेको रिपोर्ट गरेका छन्। जसमा जसमा अधिकांशले साथीहरू, दाजुभाइ, वा आमाबाबु मार्फत चुरोट प्रयोग गर्ने गरेको बताएका छन्।