अष्ट्रेलियामा ‘अत्याधुनिक’ साइबर अपराधी गिरोहका चार आरोपित २० लाख डलर चोरीको आरोपमा पक्राउ


चैत ११, मेलबर्न, अष्ट्रेलिया। एक “परिष्कृत” साइबर अपराध समूहका चार संदिग्ध सदस्यहरूलाई अष्ट्रेलियाली र अन्तर्राष्ट्रिय पीडितहरूबाट करिब २० लाख डलर चोरी गरेको आरोपमा पक्राउ गरिएको छ।

अष्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले जनवरी २०२० र मार्च २०२३ को बीचमा १५ भन्दा बढी जटिल साइबर अपराध आक्रमणका लागि जिम्मेवार मानिएको समूहले अष्ट्रेलियाबाट पैसा लुट्न चोरीको पहिचानसहित ८० भन्दा बढी बैंक खाता खोलेको आरोप लगाएको छ।

एएफपीले अक्टोबर २०२१ मा एक इन्डोनेसियाली व्यवसायले व्यावसायिक इमेल सम्झौता (BEC) ह्याक मार्फत १ लाख डलर गुमाएपछि पूर्ण-स्तरीय अनुसन्धान सुरु गरेको थियो।

उक्त अनुसन्धानबाट प्रहरीले ब्रिस्बेनमा बस्ने २ महिला, मेलबर्न र एडिलेडमा बस्ने एक-एक पुरुषलाई पहिचान गरि आक्रमणमा संलग्न भएको आरोप लगाएको छ।

उक्त समूहको दक्षिण अफ्रिकाका अपराध सिन्डिकेटहरूसँग पनि सम्बन्ध रहेको हुनसक्ने आशंका गरिएको छ।

हिजो गुप्तचरहरूले तीन राज्यहरूमा पाँच छापा मारेर दुई क्वीन्सल्याण्डका महिला र एक भिक्टोरियन र साउथ अष्ट्रेलियाका पुरुषलाई पक्राउ गरेका छन्।

प्रत्येक छापामारबाट नक्कली राहदानी, अन्तर्राष्ट्रिय चालक लाइसेन्स, लक्जरी ह्यान्डब्याग र डिजिटल डिभाइसहरू बरामद गरी फरेन्सिक जाँचका लागि पठाइएको छ।

अपराधमा संलग्न समूहका प्रत्येक सदस्यलाई विभिन्न अपराधहरूको स्ट्रिङको आरोप लगाइएको छ। यदी, उनीहरू दोषी प्रमाणित भएको खण्डमा लामो समय जेलमा बिताउने निश्चित छ।

उनीहरू प्रत्येकले आगामी हप्ताहरूमा अदालतको सामना गर्नेछन्।

प्रहरीले फेसबुक मार्केटप्लेस ह्याक र डोजी सुपरफन्ड लगानी सहित अन्य घोटालाहरूको विस्तृत सूचीको लागि पनि यो समूह जिम्मेवार रहेको बताएको छ।

उनीहरूले चोरेको लगभग १.१ मिलियन डलर दक्षिण अफ्रिकाको बैंकमा पठाएको समेत पाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?