अष्ट्रेलियामा ठगी गर्ने उद्देश्यले पठाइएका म्यासेजको बिगबिगी


चैत १२, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियामा हुलाकको नाम दिएर म्यासेजहरू पठाइएको पाइएको छ। यस्तो पाइएपछि यसबारे सचेत हुन अनुरोध गरिएको छ।

ठगहरूले व्यक्तिगत तथा आर्थिक विवरण चोर्नका लागि विदेशबाट सामान आएको भन्ने खालका म्यासेजहरू पठाएर ठग्ने प्रयास गरिरहेको अष्ट्रेलियन पोस्टल सर्भिसले जानकारी दिएको छ।

‘अष्ट्रेलिया पोष्टबाट आएको बहानामा नक्कली टेक्स्ट म्यासेजहरू आइरहेका छन्। उक्च म्यासेजमा तपाईंको डेलिभरीमा समस्या छ र यसलाई समाधान गर्न लिङ्क क्लिक गर्नुहोस् भनिएको हुन्छ।  लिङ्क क्लिक नगर्नुहोस्, यो ठगी हो!’ अष्ट्रेलियन पोस्टल सर्भिसले भनेको छ।

तपाईंको पार्सल डिपोमा भण्डारण गरिएको छ वा तपाईंको डेलिभरी असफल भएको सन्देशहरू सहित विभिन्न शब्दहरूका साथ अहिले ठगी गर्ने उद्देश्यका म्यासेज धेरै मानिसहरूको मोबाइलमा पठाइएको छ।

अष्ट्रेलिया पोस्टले सबै अस्ट्रेलियालीहरूलाई असपोस्ट एप प्रयोग गर्न र इन-एप सूचनाहरू अन गर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?