मेलबर्नको अस्पतालमा एक व्यक्तिको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान


चैत १२, मेलबर्न, अष्ट्रेलिया। मेलबर्नको दक्षिणपूर्वमा एक व्यक्तिको मृत्यु भएको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धान सुरू गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

गम्भीर घाइते एक व्यक्तिलाई आइतबार बिहान करिब ७:३० बजे बर्विकको केसी अस्पतालमा राखिएको थियो।

उनको घटनास्थलमा स्वास्थ्यकर्मीहरुले उपचार गरेपनि पछि उनको मृत्यु भएको छ। उनको पहिचान भने अझै खुल्न सकेको छैन।

प्रहरीले उक्त व्यक्तिको मृत्युको कारणबारे अनुसन्धान थालेको छ। यस घटनाबारे जानकारी भएका जो कोहीलाई 1800 333 000 मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?