मनपर्ने बिस्कुटमा विष मिलाएर खान दिएर भिक्टोरियामा श्रीमानको हत्या
चैत १५, मेलबर्न, अष्ट्रेलिया। भिक्टोरियामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। उनले श्रीमानलाई मनपर्ने बिस्कुटमा विष मिलाएर खान दिएर हत्या गरेको पाइएको छ।
यो अभियोगमा रेबेका पायन पक्राउ परेकी छिन्। उत्तरपश्चिमी भिक्टोरियाको वाल्पअप सहरमा ६८ वर्षीय नोएल पायनलाई उनकी श्रीमती रेबेकाले आफ्नै घरमा हत्या गरेकी हुन्।
बाहिरबाट उनीहरूको परिवार सुखी देखिएता पनि उनीहरूका नजिकका मान्छेहरूले उनीहरू दाम्पत्य जीवन देखिए जस्तो खुसी नरहेको बताएका छन्।
नोएलले पहिलो पटक रेबेकालाई न्यु साउथ वेल्समा भेटेको बताइएको छ।
सुनुवाइको क्रममा अदालतमा कानुन व्यवसायीहरूले रेबेका वैवाहिक जीवनबाट मुक्त हुन चाहेको र नोएल अर्की महिलासँग बसिरहेको पाइएको आरोप लगाएका छन्।
अदालतमा रेबेकाले आफ्नो पतिलाई महिनौंदेखि विष खुवाउने प्रयास गरेको बताइएको छ।
ब्यारीले रेबेका राम्रो कुक भएको र उनले बनाएको बिस्कुटले नोएलले मन पराएको बताएका छन्।
सेप्टेम्बर १, २०२० मा रेबेकाले लेमन बिस्कुटको ठूलो ब्याच बनाएकी थिइन्। रेबेकाले मेहनत गरेर बनाएको उक्त बिस्कुट खाएपछि नोएल कहिलै उठ्न नसक्ने गरी निदाए।
रेबेकाले पतिको धड्कन नचलेको पत्ता लगाएपछि बचाउने कुनै प्रयास नगरेको र ००० मा समेत फोन नगरेको स्विकार गरेकी छन्।
उनले शव बेरेर फ्रिजमा राखेको समेत स्विकार गरेकी छन्। केही दिनपछि रेबेकाले फ्रिजरलाई छिमेकीको घरपछाडि लगेको पनि पाइएको छ।
केही समय पछि एक व्यक्तिले फ्रिजको ढोका खोल्दा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले तत्कालै रेबेकालाई पक्राउ गरेको थियो।
उनले हत्या स्वीकार गरिन् तर हत्या गर्ने कुनै मनसाय नभएको दाबी गरेकी थिइन्। तर, वकिलहरूले उनको दाबी अस्वीकार गर्दै दोषी भएको ठहर गरेका छन्।