विश्वकै उत्कृष्ट सार्वजनिक यातायात भएको सहरमा सिड्नी पनि पर्यो, अष्ट्रेलियामा भने सर्वोत्कृष्ट


चैत १७, मेलबर्न, अष्ट्रेलिया । एक सर्वेक्षणले सिड्नीमा अष्ट्रेलियाको उत्कृष्ट र विश्वको उत्कृष्ट मध्ये एक सार्वजनिक यातायात व्यवस्थापन रहेको बताएको छ। यद्यपि, सिड्नीमा सार्वजनिक यातायात प्रयोग गर्ने धेरै मानिसहरूले भने यस नतिजाप्रति क्रुद्ध भएका छन्।

युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेले गरेको अध्ययनमा सिड्नीको सार्वजनिक यातायात प्रणालीलाई ६० सहरमध्ये १४औँ स्थानमा राखेको छ। तर, आक्रोशित यात्रुहरूले श्रेणीको बारेमा प्रश्नहरू उठाएका छन्।

उनीहरूले अरू ठाउँको यातायात प्रणाली राम्रो भएको भन्दै तुलना गरिरहेका छन्।

गत मार्च ८ मा ‘सञ्चार समस्या’ ले सिड्नीको सम्पूर्ण रेल नेटवर्क लगभग दुई घण्टा बन्द भएको थियो। उक्त दिन हजाराैँ यात्रुहरूले समस्या भोगेका थिए। सोही कारण उक्त क्षेत्रका मानिसहरू पछिल्लो रिपोर्टमाथि प्रश्न गरिरहेका छन्।

न्यु साउथ वेल्स राज्यको चुनावको दिन – शनिबार सहरदेखि स्ट्राथफिल्डसम्मको प्रमुख मार्गमा यात्रुहरूले ढिलाइको सामना गर्नुपरेको थियो।

यद्यपि, अर्बन मोबिलिटी रेडिनेस इन्डेक्सले सिड्नीलाई विश्वको सबैभन्दा नवीन ट्रान्जिट प्रणाली भएको मानेको छ।

‘सिड्नीमा एक बलियो बहुविध यातायात सञ्जालको व्यवस्था छ।’ उक्त इन्डेक्सले भनेको छ।

क्यालिफोर्निया विश्वविद्यालयको ओलिभर वाइमन फोरम र इन्स्टिच्युट अफ ट्राफिक स्टडीजले ट्राफिकको मात्रा, सञ्जालको घनत्व र पूर्वाधारको गुणस्तरको आधारमा र्याङ्किङसहित सार्वजनिक सुचीको उत्कृष्ट ६० मा पर्ने सिड्नी अष्ट्रेलियाको एक मात्रै शहर हो।

उक्त सुची अनुसार विश्वको सबैभन्दा राम्रो सार्वजनिक यातायात प्रणाली रहने सहरमा हङकङ, स्विट्जरल्याण्डको  जुरिच र स्विडेनको स्टकहोममा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थनमा रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?