अष्ट्रेलियाका प्रख्यात रेडियोकर्मी डग मुर्लेको निधन
चैत १८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रख्यात रेडियोकर्मी डग मुर्लेको ७१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको बिहीबार निधन भएको हो।
रेडियो क्षेत्रमा उनको योगदान स्मरण गर्दै मानिसहरूले शोक र सम्मान व्यक्त गरेका छन्।
बिहीबार उनकी पार्टनर लिज्जी र व्यापार साझेदार हमिस क्यामरुन नजिकै भएको अवस्थामा निधन भएको जानकारी दिइएको छ।
स्टीवर्ट ह्वाइटले उनका साथी डगलाई देशभरका धेरै मानिसहरूले माया गरेका र उनको मृत्युले एक धनी तथा पोषित विरासत छोडेको बताएका छन्। उनीहरूबिच ४० वर्ष लामो मित्रता रहेको थियो।
सिड्नीमा रहेको रेडियो २ जीबीले आज बिहानै दुखद खबर घोषणा गरेको छ।
मुर्ले केही समयदेखि अस्वस्थ भएको र मार्च २० तारिखदेखि सघन उपचार कक्षमा भर्ना गरिएको २ जीबीका होस्ट बेन फोर्डहमले जानकारी दिएका छन्।
मुर्लेले ट्रिपल एममा जानुअघि २जेजे र ट्रिपल जेमा काम गरेका थिए।