क्विन्सल्याण्डमा एक विमान सम्पर्क विहीन, खोजी कार्य जारी


चैत २०, मेलबर्न, अष्ट्रेलिया। क्विन्सल्याण्डमा एक विमान सम्पर्क विहीन भएको छ। आइतबार क्वीन्सल्याण्डको प्रोसरपाइनको पश्चिममा रहेको एयरपार्कमा आइपुग्नु पर्ने दुई जना बोकेको एउटा सानो विमान सम्पर्क विहीन भएको हो।

उत्तरी क्वीन्सल्याण्डको नेटल डाउन्स क्याटल स्टेसनबाट दिउँसो २ बजे एउटा विमान उडेको थियो। उक्त विमान सेतो र हरियो पाइपर चेरोकी भएको बताइएको छ।

हराइरहेको विमानको खोजीमा रहेको समूह अष्ट्रेलियाली सामुद्रिक सुरक्षा प्राधिकरण(एएमएसए)ले उक्त विमान साँझ ५ बजे ब्लुम्सबरीको लेकसाइड एयरपार्कमा अवतरण गर्नुपर्ने बताएको छ।

तर, तोकिएको समयमा विमान आइनपुगेको केही समय पछि नै हराएको खबर गरिएको थियो।

“एयर ट्राफिक कन्ट्रोलले आइतवार साँझ ६ः ३०मा विमानको समयावधि बाँकी रहेको रिपोर्ट गरेको थियो,” एएमएसए प्रवक्ताले भने।

कुरियर मेलका अनुसार म्याके जिल्ला प्रहरी वरिष्ठ सर्जेन्टका छोरा रहिले कुहर्ट र एक महिला बेपत्ता विमानमा यात्रा गरिरहेका थिए।

मिचेलमा बस्ने कुहर्ट नेरिगुन्डह स्टेशनका हेड स्टकम्यान र पाइलट हुन्।

माैसम खराब भएका कारण खोजी कार्य प्रभावित भएको जानकारी दिइएको छ। यद्यपी, क्वीन्सल्याण्ड प्रहरीको पनि सहयोगमा खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?