अष्ट्रेलियामा नेपाली र हिन्दी भाषालाई उछिन्दै पञ्जावी
चैत २२, मेलबर्न, अष्ट्रेलिया। पछिल्लो जनगणना अनुसार पञ्जाबी अष्ट्रेलियामा सबैभन्दा छिटो दरमा बढिरहेको भाषा हो।
जनगणना अनुसार, अष्ट्रेलियामा अङ्ग्रेजी पछि पञ्जाबी पाँचौं सबैभन्दा बढी बोलिने भाषा हो। पञ्जावीले हिन्दी र नेपाली भाषालाई समेत उछिनेको तथ्याङ्कले देखाएको छ।
पछिल्लो जनगणनाले अष्ट्रेलियामा भारतीय मूलका नागरिकहरूमध्ये ३ प्रतिशत पञ्जावी भएको देखाएको छ।
सामुदायिक नेताहरूले अष्ट्रेलियामा बढ्दो क्रममा रहेको यो भाषा सिकाउने समुचित श्रोतको व्यवस्था गरिनुपर्ने बताएका छन्। आप्रवासीहरूका बच्चाहरूले पञ्जाबी भाषा र संस्कृतिको बारेमा सिक्ने क्रम जारी राख्न श्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
दक्षिण-पूर्वी क्वीन्सल्याण्ड द्रुत रूपमा बढ्दै गइरहेको भारतीय-अष्ट्रेलियाली समुदायको केन्द्र बनेको छ। लागभग ४० वर्ष पुरानो ब्रिस्बेन सिख मन्दिर यसको केन्द्र रहेको छ।
“यो क्वीन्सल्याण्डको पहिलो सिख मन्दिर मात्र होइन, यो एक सामुदायिक केन्द्र हो,” क्विन्सल्याण्डको पंजाबी काउन्सिलका अध्यक्ष परनाम सिंह हेयरले भने।
उनले उक्त मन्दिरमा हरेक हप्ता ५००० पञ्जावीहरू जाने बताएका छन्।
“त्यहाँ एक निःशुल्क भान्सा छ जहाँ सबैलाई स्वागत छ। शाकाहारी खाना, हप्ताको सातै दिन सबैका लागि खुला छ ।” उनले भनेका छन्।
मन्दिरले सप्ताहन्तमा बच्चाहरूका लागि पञ्जावी भाषा कक्षाहरू सञ्चालन गरिरहेको छ। तर, सिंहले त्यतिमात्रै यथेष्ट नभएको बताउँछन्।
“पन्जाबी पछिल्लो पाँच वर्षमा बढ्दो भाषाको नम्बर एक हो र यसलाई समुदायमा राम्रोसँग मान्यता दिइएको छैन,” उनले भने।
क्वीन्सल्याण्ड पाठ्यक्रम र मूल्याङ्कन प्राधिकरणले विद्यालयहरूलाई छनोट गर्न १४ भाषाहरू रहेको बताएको छ। तर, त्यसमा पञ्जावी भने समावेश गरिएको छैन।
शिक्षा विभागका प्रवक्ताले पञ्जाबी भाषा अध्ययन गर्ने कुनै पनि विद्यालयको बारेमा जानकारी नभएको तर पाठ्यक्रममा थप्ने अनुरोधलाई सकारात्मक जवाफ दिएका थिए।