अष्ट्रेलियामा दुर्लभ प्लाटिपस बोकेर रेल चढेका २ व्यक्तिको खोजी गर्दै प्रहरी
चैत २४, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाको ब्रिस्बेनमा जंगली प्लाटिपसको अपहरण गरेको आरोपमा दुई जनालाई प्रहरीले खोज्न सुरू गरेको छ।
सर्भिलियन्स क्यामेरामा एक जोडी कपडाले बेरेर उक्त दुर्लभ जनावर बोक्दै रेल चढेको दृश्य कैद भएको छ।
ती व्यक्तिहरूले उक्त जनावरलाई प्राकृतिक वासस्थानबाट अवैध तरिकाले लगेको आशंका गरेको छ। यसमा दोषी देखिए उनीहरूमाथि ४ लाख ३० हजार डलरसम्म जरिबाना हुने भएको छ।
पछिल्लो समय अधिकारीहरूले उक्त प्राणीको स्वास्थ्य अवस्थाबारे चिन्ता प्रकट गरिरहेका छन्। प्लाटिपस आफ्नो बासस्थानबाट बाहिर हुँदा बिरामी हुने वा मर्ने जोखिममा रहेको प्रहरीले जनाएको छ।
क्विन्सल्याण्ड प्रहरीका अनुसार ती व्यक्तिहरूले रेलमा उक्त प्राणी देखाउँदै छुन समेत दिएका थिए। जसका कारण रोग सर्नसक्ने अवस्थाबाट पनि अधिकारीहरू चिन्तित देखिएका छन्।
प्रहरीसँग एक व्यक्तिले उनीहरूले उक्त प्राणी सडकमा भेट्टाएको भन्दै छोड्ने योजना बनाएको बताएका थिए। तर, प्रहरीले भने उनीहरूलाई उक्त प्राणी पशु चिकित्सकसँग पुर्याउन अनुरोध गरेका छन्।
प्लाटिपस एक अर्ध-जलीय स्तनपायी हो। यो प्राणी पूर्वी अष्ट्रेलियाका स्वच्छ पानी र तलाउहरूमा पाइन्छ।
यो प्राणी संसारमा अण्डा उत्पादन गर्ने जम्मा २ प्राणी मध्ये एक हो।