अमेरिकामा फेरी गोलाबारी, ५ जनाको मृत्यु
चैत २८, एजेन्सी । अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन। लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन। साथै, सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ।
प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनाइएको छ।’ गर्भनर एन्डी बेसियरले टविट गर्दै भनेका छन, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्राथना गरिदिनुहोस्।’
पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलाबारीका घटना हुन थालेको छ। केही दिन पहिले पनि बिधालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन।
सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो। गोली हानिएको बिद्यालय पुर्व प्राथमिक थियो। सो बिद्यालयमा पढने सबै बिद्यार्थी १२ बर्ष भन्दा कम उमेरका रहेको थिए।