न्यु साउथ वेल्सका यी १० क्षेत्रमा भइरहेको छ सबैभन्दा धेरै घर खरिदबिक्री (सुचिसहित)


चैत ३०, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा पहिलो घर किन्नेहरूको रोजाइमा सिड्नीको पश्चिम, दक्षिण-पश्चिम र सेन्ट्रल कोस्टहरू पर्ने गरेको पाइएको छ। पछिल्लो एक रिपोर्टले उक्त डाटा बाहिर ल्याएको हो।

इन्फोट्रयाकको नयाँ रिपोर्टले न्यु साउथ वेल्समा पहिलो घर खरिद गर्नेहरूको रोजाइमा पर्ने स्थानहरूको सुची बाहिर ल्याएको छ। २०२३ को पहिलो त्रैमासिकमा बिक्री भएका घरहरूको संख्याको आधारमा उक्त सुची सार्वजनिक गरिएको हो।

पोस्टल कोड २१५५ भएका स्थानमा सबैभन्दा बढी घरहरू खरिदबिक्री भएको पाइएको छ। उक्त कोड भएका क्षेत्रहरूमा बिमन्ट हिल, केलीभिल, केलीभिल रिज, नर्थ केलीभिल र रोज हिल पर्छन् । गत त्रैमासिकमा छैठाैँ स्थानमा परेको यो क्षेत्र अहिले भने शीर्ष स्थानमा उक्लिएको हो।

सेन्ट्रल कोस्ट पाँचौं स्थानमा परेको छ। यो क्षेत्र उत्कृष्ट १० मा पर्ने सिड्नीको पश्चिम र दक्षिण-पश्चिमी उपनगरहरू बाहिरको एक मात्र क्षेत्र समेत रहेको छ।

‘हामीले केन्द्रीय सिड्नी महानगरीय क्षेत्र बाहिर खरीद गर्न खोज्ने धेरै भन्दा धेरै पहिलो-घर खरीददारहरू देखेका छौं। सिबिडीको यात्राको दुरीमा सस्तो सम्पत्तीहरूमा पहुँच, सुन्दर समुद्र तटहरू, जलमार्गहरू, परिवार-मैत्री पार्कहरू र क्याफे संस्कृतिले मानिसहरू त्यस्ता क्षेत्रमा घर खरिद गर्न चाहिरहेका छन्।’ इन्फोट्रयाकका हेड अफ प्रोपर्टी ली बेइलीले बताएका छन्।

पहिलो-घर खरीददारहरूले अपार्टमेन्ट र टाउनहाउसहरू भन्दा घरलाई प्राथमिकता दिइरहेको समेत रिपोर्टले पत्ता लगाएको छ।

यी हुन् पहिलो घर किन्नेहरूको रोजाइमा परेका न्यु साउथ वेल्सका १० उपनगरहरू:

  1. 2155 – Beaumont Hills, Kellyville, Kellyville Ridge, North Kellyville, and Rouse Hill.
  2. 2170 – Liverpool, Casula, Prestons, Moorebank, Warwick Farm
  3. 2765 – Berkshire Park, Box Hill, Maraylya, Marsden Park, Nelson, Oakville, Riverstone, Vineyard
  4. 2560 – Campbelltown, Leumeah, Woodbine
  5. 2250 – Gosford, Erina, Wyoming, Mount White, Peats Ridge
  6. 2145 – Wentworthville, Westmead,
  7. 2148 – Arndell Park, Blacktown, Prospect
  8. 2762 – Schofields
  9. 2150 – Harris Park, Parramatta2770 –
  10. Mt Druitt, Tregear, Hebersham, Whalan

स्थानको नाम भन्दा अगाडीको नम्बर पोस्टल कोड हो। याहु फाइनान्स अष्ट्रेलियाको सहयोगमा तयार पारिएको सामग्री।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?