ओएनएफ अष्ट्रेलियाको अधिवेशन सिड्नीमा, रमेश पाण्डे सर्वसम्मत अध्यक्ष, आज घोषणा


0U2A0287प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको चौथो अधिवेशनले रमेश पाण्डेको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । शनिबारबाट सुरु भएको अधिवेशनको पहिलो दिन भएको बन्द सत्रले नेतृत्वको चयन सर्वसम्मतिले गरेको हो । सिड्नीको हन्र्सवीमा जारी अधिवेशनको घोषणासभा तथा अन्तरक्रिया आज ग्रानभिलमा हुँदैछ । अधिवेशनले सर्वसम्मतिले चुनेका अन्य पदाधिकारीमा, वरिष्ठ उपाध्यक्ष राजन बस्नेत, उपाध्यक्ष राम रानाभाट, रमेश पौडेल र केशव जोशी रहेका छन् । यसैगरी अधिवेशनबाट माधव साह महासचिव पदमा छानिएका छन् भने अच्युत शर्मा सचिव, राम घिमिरे कोषाध्यक्षमै पुनः दोहोरिएका छन् ।ONF Australia ओएनएफको कार्यसमितिका सदस्यहरुमा हरिलाल लामिछाने, चोलाकान्त भुसाल, महेन्द्र कार्की, प्रकाश पन्थी, भुवनहरि पाण्डे, चतुर्भुज खरेल, दिपक पहारी, रमेश थापा, हरेरामचन्द्र रावत, गोमा मैनाली, चीन नोपली, मधु पन्थी, दिनेश पाण्डे, बाबुराम पोखरेल, दिपक भट्टराई, सविता लामा, प्रकाश सेढाई, लक्ष्मण श्रेष्ठ, कृष्णप्रसाद न्यौपाने, विवेक अर्याललाई सदस्य पदमा पनि छनोट गरेको छ । दुई सदस्य पछि मनोनित गरिने भएको छ । निर्वाचित भए लगत्तै प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष रमेश पाण्डेले प्रवासी नेपाली मञ्चलाई सबै नेपालीको साझा मञ्चका रुपमा अघि बढाउने बताउनुभयो । अध्यक्ष पाण्डेले सर्वसम्मतिले नेतृत्व चयन गरेर ओएनएफले अष्ट्रेलियामा रहने नेपाली समूदायका बीचमा राम्रो सन्देश दिएको भन्दै यस कार्यका लागि सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो ।

बन्द सत्रमा यस्तो भयो

उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्र करिब सात घण्टा चलेको थियो । बन्द सत्रमा प्रवासी नेपाली मञ्चका अध्यक्ष विनोद श्रेष्ठले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष राम घिमिरेले वार्षिक आय व्यय विवरण पेश गर्नुभएको थियो ।Banda Shatra दुबै प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ । अध्यक्षको प्रतिवेदनमा लेखिएका केही विषयवस्तुमा उपस्थित प्रतिनिधिहरुले परिमार्जनका लागि सुझाव दिएका थिए । सुझाव र प्रश्नको जवाफ दिँदै अध्यक्ष श्रेष्ठले २६ महिनाको आफ्नो कार्यकालमा २१ वटा बैठकहरु गरी हरेक निर्णयलाई पारदर्शी बनाई कार्यान्वयको चयनमा लगिएको बताउनुभएको थियो । अधिवेशन प्रतिनिधिहरुले मुख्यतः गत एनआरएनको चुनावका सम्बन्धमा राखिएको निष्कर्श र भविष्यका योजनाका विषयमा प्रतिवेदन स्पष्ट नभएको भन्दै परिमार्जनका लागि सुझाएका थिए । बन्द सत्रमै महिला प्रतिनिधित्व कम भएको विषयमा अधिवेशन प्रतिनिधिहरुले प्रश्न उठाउँदै कम्तिमा पनि ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने वातावरण मिलाउन माग गरेका थिए । यसको जवाफ दिँदै अध्यक्ष विनोद श्रेष्ठले राजनीतिक प्रतिवेदनमा औंल्याएका विषयवस्तु स्पष्ट पार्दै कमजोरी भएका विषयवस्तु सच्याउने प्रतिबद्धता जनाएका थिए ।

सपथग्रहण सम्पन्न

बन्द सत्रले पदाधिकारीसहित कार्यसमितिको चयन गरेपछि अधिवेशनकी प्रमुख अतिथि, एमाले पोलिटव्यूरो सदस्य विन्दा पाण्डेले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेतृ पाण्डेले अहिलेसम्म ९ देशको प्रवासी नेपाली मञ्च अधिवेशनमा गएकोमा सबैतिर सर्वसम्मत नै नेतृत्व चयन भएको भन्दै मिलेसम्म सहमतिबाटै अघि बढ्न आग्रह गर्नुभएको थियो । Sapathयस्तै पाण्डेले देशको वर्तमान राजनीतिको विषयमा चर्चा गर्दै पछिल्लो समय सरकारका विरुद्ध भएका विभिन्नखाले गतिविधिका कारण संकट होइन जनताको बीचमा यो सरकार अझ बढी लोकप्रिय बनेको बताउनुभयो ।  भूकम्प पछि गरिएको नाकाबन्दीका बेला पनि जनताले पूर्ण रुपमा साथ दिएका थिए र राष्ट्रियताको सवालमा नझुक्ने जनताको म्याण्डेट रहेको बताउनुभएको थियो ।

उद्घाटन सत्रमा..

अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता डा. विनोद श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि पाण्डेसहित अतिथिहरुले अधिवेशन सफलताको कामना गर्दै अघि बढ्न शुभकामना दिएका थिए । अतिथिको आसनबाट प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार डा. जगदिश तिमल्सिना, पूर्वअध्यक्ष धुव सुवेदी, संस्थापक भवानी ओली, अखिल नेपाल किसान संघका बमबहादुर थापा, पूर्वअध्यक्ष धर्मराज अधिकारी, नन्दलाल जोशी, दिपक देवकोटा, हिरा पोखरेल, ओमप्रसाद श्रेष्ठ, रुक्मणि देवकोटा, ऊमा कार्की लगायतले प्रवासमा  नेपालीहरुलाई संगठित गर्ने अभियानलाई सफल बनाउनुपर्ने बताएका थिए । अधिवेशनमा संस्थाका प्रमुख सल्लाहकार जगदिश तिमिल्सिनाको संयोजकत्वमा अध्यक्षमण्डल बनाइएको थियो भने अष्ट्रेलियाका विभिन्न राज्यबाट १ सय ५० भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । २ सय भन्दा बढी संगठित सदस्य रहेको प्रवासी नेपाली मञ्चको कमिटीलाई मातृ पार्टी नेकपा एमालेले जिल्ला कमिटी सरहको मान्यता दिने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?