जापानी प्रधानमन्त्री किसिदामाथि ‘स्मोक बम’ आक्रमण, एक व्यक्ति नियन्त्रणमा
वैशाख २, एजेन्सी । जापानी प्रधानमन्त्री फुमिदो किसिदामाथि सार्वजनिक कार्यक्रममा ‘स्मोक बम’ आक्रमण भएको छ । जापानको पश्चिमी शहर वाकायाममा शनिबार विहान एक कार्यक्रममा सम्बोधन सुरु गरे लगत्तै उनीमाथि आक्रमण भएको हो ।
प्रधानमन्त्री किसिदामाथि लक्षित गरि फ्यालिएको वस्तु विस्फोट हुने वित्तिकै उनलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित स्थानतर्फ लगेका थिए । घटनास्थलबाट एक व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
घटनाको बारेमा पूर्ण विवरण भने अझै आइनसकेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि गत वर्ष जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको सार्वजनिक कार्यक्रममा नै गोली हानेर हत्या गरिएको थियो ।