तीन हुण्डी कारोबारी पक्राउ
वैशाख ७, कामठाडौँ । हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन्। वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो। दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।
यस्तै, वीरगञ्ज–११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महतोलाई स्रोत नखुलेको चौध लाख रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए।