अष्ट्रेलियाको समुद्री किनारमा विमान दुर्घटना


वैशाख ८, मेलबर्न, अष्ट्रेलिया। वेस्टर्न अष्ट्रेलियाको समुद्री किनारमा विमान दुर्घटना भएको छ। बिहीबार साँझ फ्रेमेन्टलको लेइटन बिचबाट केही मिटर पर सानो विमान दुर्घटना भएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमान समुद्रको पानीमा नै अवतरण गरेको देखिएको छ।

कुशल पाइलट मिशेल येट्सको अनुभवका कारण उक्त दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ। उनले विमानमा खराबी देखिएसँगै पानीमा अवतरण गराएको पाइएको छ।

पानीमा अवतरण गरेका कारण उनी र उनका १५ वर्षीय छोरा सकुशल रहन सफल भए। उनीहरू पाैडी खेलेर पानी बाहिर निस्किएका थिए।

यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?