राशिद खानलाई उछिन्दै सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान


वैशाख ८, काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दाकम खेलमा सय विकेट लिने दुर्लभ कीर्तिमान कोरेका छन्। त्रिविक्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपक्रिकेट अन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले यो कीर्तिमान कोरेका हुन्।

यस अघि यो कीर्तिमानअफगानी क्रिकेटर रसिद खानको नाममा थियो। सन्दीपले ४२ खेलमा १०० विकेट लिँदै नयाँ कीर्तिमान आफ्नो पक्षमा पारेका हुन्। यसअघि यो कीर्तिमान आफ्नो नाममा राखेका अफगानिस्तानका रसिदखानले ४४ खेलमा सय विकेट लिएकाथिए।

यस्तै अष्ट्रेलियाका मिचेल स्टार्क ५२ र पाकिस्तानका सकलेन मुस्ताकले ५३ खेलमा सय विकेट लिएका थिए। ओमान विरूद्धको खेलमा उनले १३ औं ओभरको तेस्रो बलमा ओमानका सफिकलाई सयौं शिकार बनाएर दुर्लभ कीर्तिमान कोरेका हुन्।

सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलमा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका सन्दीपले हालसम्मको उत्कृष्ट प्रदर्शन भने आइसिसी विश्वकपलिग–२ मा २०२० फ्रेब्रुअरी १२ मा कीर्तिपुर मैदानमा गरेका थिए। उनले त्यसबेला सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?