मेलबर्न पठाउन लागिएको ४५ किलो लागुऔषध हङकङमा बरामद


वैशाख ११, मेलबर्न, अष्ट्रेलिया । मेलबर्न लगिँदै गरेको ४५ किलोग्राम मेथाम्फेटामाइन बरामद गरिएको छ। अन्तर्राष्ट्रिय अधिकारीहरूले अष्ट्रेलियाको संघीय प्रहरी (एएफपी) को विश्वव्यापी अनुसन्धानपछि मेलबर्नतर्फ लैजाँदै गरेको ४५ किलोग्राम मेथाम्फेटामाइन बरामद गरेका हुन्।

अष्ट्रेलियाली संघीय पुलिसले खबर गरेपछि मेक्सिकोबाट मेलबर्नको ठेगाना दिइएर पठाउन लागिएको ठूलो परिमाणको ड्रग्स बरामद गरिएको हो।

प्लास्किट मोल्ड गर्ने थर्मोफर्मिङ मेसिनमा लुकाएर ल्याउन लागिएको अवस्थामा हङकङमा भन्सार अधिकारीहरूले  उक्त लागुऔषध फेला पारेका थिए।

एफपी डिटेक्टिभ सुपरिटेन्डेन्ट प्याट्रिक गोर्डनले अपराधीहरूले मध्य अमेरिकाबाट अष्ट्रेलियामा लागूपदार्थहरू फिल्टर गर्न हङकङलाई ट्रान्जिटको रूपमा प्रयोग गरिरहेको बताए।

‘हङकङ मध्य अमेरिकाबाट आउने ढुवानीका लागि लोकप्रिय ट्रान्जिट पोइन्ट हो, जुन हामीले विगतमा देखेका छौं। त्यहाँ अष्ट्रेलियाको लागि पठाइएको १.८ टन लिक्विड मेथ जफत पनि समावेश गरिएको छ।’ गोर्डनले भने।

उनले अष्ट्रेलियालाई लागुऔषधबाट जोगाउन एएफपीले अन्तर्राष्ट्रिय साझेदारी गर्नु पर्नेमा जोड दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?