मैदानमा ठोक्किएर घाइते भएका अष्ट्रेलियन फुटबल खेलाडीको उपचारका क्रममा मृत्यु


वैशाख ११, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका युवा फुटबल(रग्बी) खेलाडीको मृत्यु भएको छ। दक्षिण अष्ट्रेलियाको ए-ग्रेड अष्ट्रेलियन रूल्स फुटबल खेलको क्रममा ठोक्किएर घाइते भएका खेलाडीको मृत्यु भएको हो।

बर्डवुड फुटबल क्लबका २० वर्षीय एन्टोनियो लोयाकोनो शनिबार राति करिब ८ बजे एडिलेड हिल्सस्थित गुमेरचा ओभलमा गुमेरचाविरुद्धको अन्तिम क्वार्टरमा ठोक्किँदा गम्भीर घाइते भएका थिए।

उनलाई रोयल एडिलेड अस्पताल पुर्‍याउनु अघि घटनास्थलमा उपचार गरिएको थियो। तर, परिवारका एक सदस्यले आइतबार राति मृत्यु भएको जानकारी दिएका छन्।

ए-ग्रेड खेलाडीले हिल्स फुटबल लिगमा गुमेराचा विरुद्ध बर्डवुडबाट खेलिरहेका थिए। लोयाकोनो देशका एक स्टार फुटबलर थिए। उनले यसअघि २०१९ मा नोर्वुडको अन्डर १८ टोलीको प्रतिनिधित्व गरेका थिए।

उनले गत सिजन रिभरल्याण्ड फुटबल लिगमा वाइकेरीका लागि पनि खेलेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?