इन्डोनेसियामा गएको भूकम्पपछि दिइएको सुनामीको चेतावनी रद्द, अष्ट्रेलियामा पनि खतरा नरहेको दाबी


वैशाख १२, मेलबर्न, अष्ट्रेलिया । इन्डोनेसियाको तटीय क्षेत्रमा भूकम्प गएपछि दिइएको सुनामीको चेतावनी रद्द गरिएको छ। आज बिहान ६ बजेपछि दक्षिणी सुमात्रा नजिकैको समुन्द्रमा पहिलो पटक भूकम्प गएको थियो।

उक्त भूकम्पसँगै अष्ट्रेलियामा पनि सुनामीको संभावना रहेको भन्दै सचेत रहन अनुरोध गरिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त भूकम्प १५.५ किलोमिटर गहिराईमा ७.१ म्याग्निच्युड मापन गरेको जनाएको छ। त्यस्तै, अष्ट्रेलियाले भने उक्त भूकम्प ६.९ म्याग्निच्युडको रहेको उल्लेख गरेको छ।

इन्डोनेसियाका केही भागहरूमा सुनामीको चेतावनी जारी गरिएको थियो, तर पछि रद्द गरिएको छ। अष्ट्रेलियामा पनि अब सुनामीको खतरा नभएको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?