भारतीय नागरिकको हत्या गरेको आरोपमा दुई पक्राउ
एक भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ । कैलालीको टिकापुरमा यही वैशाख १३ गते बरफ बेच्ने भारत उत्तर प्रदेशका महोमद नसीर कुरेसीको हत्याको आरोपमा प्रहरीले टीकापुरकै ललित पुरी र नविन थापालाई पक्राउ गरेको हो ।
बरफ बिक्री गर्ने कुरेसी र नविन थापाबीच बरफको पैसाको विषयलाई लिएर विवाद भएपछि ललित पुरीले कुरेसीलाई मुक्काले प्रहार गर्दा उनको ज्यान गएको टिकापुर इलाका प्रहरी कार्यलयका डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । कुरेसीको हत्या गरे लगत्तै फरार भएका ललितलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले भारतको रामगढबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पुरीले दिएको बयानका आधारमा नविन थापालाई पक्राउ गरिएको डिएसपी मिश्रले जानकारी दिनुभयो ।