भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेन अष्ट्रेलिया आउने
वैशाख १३, मेलबर्न, अष्ट्रेलिया। अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना अष्ट्रेलिया भ्रमण गर्ने भएका छन्। सिड्नीमा हुन लागेको क्वाड लिडरहरूको शिखर सम्मेलनमा सहभागी हुन बाइडेन अष्ट्रेलिया आउने भएका हुन्।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले शिखर सम्मेलन मे २४ मा हुने घोषणा गरेका छन्।
बाइडेनसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमियो किशिदा पनि इन्डो-प्यासिफिक साझेदारहरूको बैठकमा सहभागी हुन अष्ट्रेलिया आउने भएका छन्।
‘म सिड्नीमा अष्ट्रेलियामा पहिलो पटक क्वाड लीडर्स शिखर सम्मेलनको आयोजना गर्न पाउँदा सम्मानित महसुश गर्छु,” अल्बानीजले भनेका छन्।
‘हाम्रो सामूहिक शक्तिको सदुपयोग गर्नाले अष्ट्रेलियालाई आफ्नो हितलाई अगाडि बढाउन र क्षेत्रको आवश्यकतालाई अझ प्रभावकारी रूपमा प्रतिक्रिया दिन मद्दत गर्छ। जब हामी हाम्रा नजिकका साथीहरू र साझेदारहरूसँग मिलेर काम गर्छौं तब हामी सधैं राम्रो हुन्छौं।” अल्बानिजले भनेका छन्।
अल्बानिजले उक्त सम्मेलनमा चीनमा प्रतिनिधि सहभागी हुने या नहुने बारे केही जानकारी दिएनन्। नेताहरुको बैठक सिड्नी ओपेरा हाउसमा हुने तय भएको छ।