एसीसी प्रिमियर कप : नेपाल र कतारबीच प्रतिश्पर्धा हुने
काठमाडौं । एसियाली क्रिकेट काउन्सिल, एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग खेल्दैछ । खेल बिहिबार बिहान नौ बजेबाटकीर्तिपुरस्थित टियु क्रिकेट मैदानमासुरु हुनेछ ।
नेपाल र कतारबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।
२००८ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको एक मात्र भेटमा नेपाल र कतारबीचको खेल नेपालले ७ विकेटले जितेको थियो । मलेसियाको रोयल मिलिट्रि कलेजको मैदानमा भएको सो खेलमा शक्ति गौचन तथा बसन्त रेग्मीले ३३ विकेट लिएका थिए भने नेपालका लागि ज्ञानेन्द्र मल्लले ८२ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।