ट्राफिक जरिबानाबाट बच्न अष्ट्रेलियन महिलाले मृत पाइलटलाई देखाइन् दोषी
वैशाख १४, मेलबर्न, अष्ट्रेलिया। एक अष्ट्रेलियन महिलाले जरिबानाबाट बच्न मृत पाइलटलाई दोषी देखाउने प्रयास गरेको स्वीकार गरेकी छन्। सवारी चलाउँदा फोन चलाएको दोष उडीरहेको हेलिकप्टर आकाशमै ठक्किएर दुर्घटना हुँदाको मृत्यु भएका पाइलटलाई देखाउने प्रयास गरेको उनले स्वीकार गरेकी हुन्।
स्टेफनी लुइस बेनेट गाडी चलाउँदा दाैरान आफ्नो फोन प्रयोग गर्दै गरेको अवस्थामा समातिएकी थिइन्। आफ्नो गल्ती स्वीकार्नुको सट्टा उनले एश्ले जेनकिन्सन नामका व्यक्तिलाई झूटो आरोप लगाएकी थिइन्।
जनवरीमा ब्रिसबेननजिकै दुईवटा हेलिकप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको थियो। ती चार जनामा बेलायतमा जन्मेका पाइलट पनि एक थिए।
बेनेटले बुधवार जालसाजी र पहिचान चोरीको दोषी स्वीकार गरिन्। उनलाई मेमा सजाय सुनाइनेछ।
एक ३३ वर्षीया महिला गाडी चलाउँदा आफ्नो फोन प्रयोग गर्दै पक्राउ परेकी थिइन्। जसको सजाय १ हजार ७८ डलर सम्म जरिबाना तिर्नुपर्ने हुन्छ। प्रहरीले यसबारे जनवरीमा नै सुचना पठाएको थियो।
उनले जरिवाना अनलाइनमा विवाद गर्दै डिसेम्बरमा आँफुले नभइ जेन्किन्सन नाम गरेका अपरिचित व्यक्तिले गाडी चलाएको बताएकी थिइन्।
जेन्किन्सनकी पार्टनरले उनको मृत्यु भइसकेपछि जरिबानाको सुचना पाएपछि यसबारे प्रहरीलाई जानकारी गराएपछि यसबारे अनुसन्धान सुरू गरिएको थियो।
आरोपित महिलाले सुरूमा अदालतले दिएको सुचना समेत बेवास्ता गर्दै अनलाइनमार्फत जानकारी गराएकी थिइन्। तर, अदालतले उक्त जानकारी अस्विकार गर्दै अदालतमा उपस्थित हुन भनेपछि दोषी स्विकार गरेकी छन्।
उक्त समयमा आफू आर्थिक र पारिवारिक समस्याबाट गुज्रिरहेका कारण आरोप अस्विकार गरेको उनले बताएकी छन्।
उडिरहेको जेन्किन्सनको हेलिकप्टर अवतरण गर्ने क्रममा जनवरी ४ मा गोल्ड कोस्टको सी वर्ल्डमा अवतरण गर्न आउँदै गरेको हेलिकप्टरसँग ठोक्किएको थियो।
उक्त दुर्घटनामा उनीसहित ४ जनाको मृत्यु भएको थियो। जसमा उनकी पत्नी समेत थिइन्। अर्को हेलिकप्टर धेरै क्षति भएता पनि सुरक्षित अवतर गर्न भने सकेको थियो।