ब्रिस्बेनमा १३ वर्षीय बालकले चलाएको चोरीको कार दुर्घटना, ३ जनाको घटनास्थमै मृत्यु


वैशाख १९, मेलबर्न, अष्ट्रेलिया । ब्रिस्बेनको उत्तरमा भएको एउटा डरलाग्दो दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक १७ वर्षीया युवतीको पहिचान भएको छ।

कुरियर मेलका अनुसार ओखरस्टको केल्सी डेभिसको चोरी भएको सवारी दुर्घटनामा मृत्यु भएको हो। उक्त चोरी भएको कार १३ वर्षीय बालकले चलाएको पाइएको छ।

चोरीको मर्सिडिज कार होल्डनसँग ठोक्किएको थियो। उक्त गाडीमा मृतक युवती रहेको बताइएको छ। होल्डन गाडी चलाएकी २९ वर्षीया महिलाको पनि घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, मज्दा गाडी चलाएकी एक महिलाको पनि सोही स्थानमा नै मृत्यु भएको छ।

दुर्घटनामा संलग्न चोरीको कार चलाउने बालकलाई गम्भीर अभियोग लगाइएको छ। आइतवार राति १० : ४५ बजे दक्षिणतर्फ यात्रा गर्दा चोरी भएको मर्सिडीज-बेन्ज होल्डनको पछाडि ठोक्किएपछि सिड्नी स्ट्रिट नजिकै साल्टवाटर क्रीक रोडमा आपतकालिन दलहरूलाई बोलाइएको थियो।

त्यसपछि होल्डन हर्भे बेतर्फ जाँदै गरेको माज्दासँग ठोक्किएको थियो। होल्डनमा सवार २३ वर्षीया टिनानाकी महिलालाई गम्भीर अवस्थामा रोयल ब्रिस्बेन र महिला अस्पतालमा लगिएको थियो।

मर्सिडिज बेन्ज चलाएका १३ वर्षीय बालकको खुट्टामा सामान्य चोट लागेको बताइएको छ।

कार्यवाहक सुपरिटेन्डेन्ट ब्राड इन्स्किपका अनुसार घटनामा संलग्न बालकलाई सवारी साधनको खतरापूर्ण सञ्चालनका तीनवटा मुद्दामा मृत्यु निम्त्याउने र  सवारीको गैरकानूनी प्रयोगको एक आरोप लगाइएको छ।

मर्सिडिज बेन्जमा अर्को चालक थिए कि थिएनन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?