इन्डोनेसियामा मुस्लिम धर्मका नेताको अनुहारमा थुकेको आरोपमा अष्ट्रेलियन नागरिक पक्राउ
वैशाख १९, एजेन्सी । इन्डोनेसियाको बान्डुङ्ग सहरको मस्जिदमा इमाम (धार्मिक नेता) को अनुहारमा थुकेको आरोपमा एक अष्ट्रेलियन नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिलाई दुर्व्यवहारको अभियोग लगाइएको छ।
यदी यो अभियोगमा उनी दोषी साबित भएमा १ वर्षसम्मको जेल सजाय हुने इन्डोनेसियाका लोकल मिडियाहरूले उल्लेख गरेका छन्।
इन्डोनेसियाली प्रहरीले दिएको जानकारी अनुसार ४७ वर्षीय ब्रेन्टन क्रेग अब्बास अब्दुल्लाह म्याकआर्थर जामी-अल मुहाजिर मस्जिद नजिकैको एउटा होटलमा बसिरहेका थिए।
मस्जिदका लाउड-स्पीकरहरू मार्फत कुरान पढेको आवाजको बारेमा गुनासो गर्न शुक्रबार बिहानको सुरूवाती समयमा नै उनी पल्पिटमा इमाम एम बसरी अनवरकोमा गए। उक्त स्थानमा पुगेर उनले बारम्बार इमामको मुखमा थुकेको सिसिटिभीमा कैद भएको छ।
उनी अष्ट्रलिया फर्किने प्रयास गरिरहँदा पासपोर्ट नम्बर ट्र्रयाक गरेर उनलाई जकार्ताको एयरपोर्टबाट पक्राउ गरिएको हो।
इन्डोनेसियाली समाचार वेबसाइट कुम्पारनले म्याकआर्थरलाई फौजदारी संहिताको धारा ३३५ र ३१५ को आरोप लगाइएको छ जसले अप्रिय कार्य र अपमानलाई नियमन गर्दछ। यदि उनी दोषी प्रमाणित भए अब एक वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ।
वेबसाइटले म्याकआर्थरले आरोप अस्वीकार गरेता पनि पाँच जना साक्षीहरूको वयानले उनको अस्वीकार खण्डन गरेको उल्लेख गरेको छ।
म्याकआर्थरले त्यसपछि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो पोस्ट गर्दै आफू नस्लवादको शिकार भएको दाबी गरेका छन्।
रूढिवादी प्रान्त आचेमा भएको घटनापछि हालैका दिनहरूमा इन्डोनेसियामा अष्ट्रेलियन नागरिक पक्राउ परेको यो दोश्रो घटना हो। यसभन्दा अघि २३ वर्षका बोधी मनि रिस्बी-जोन्स नग्न अवस्थामा होटलबाट बाहिर निस्किएर स्थानीहरूलाई लखेटेको आरोपमा पक्राउ परेका थिए।
उनिमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। यदी दोषी सावित भएका साँढे २ वर्षसम्म उनी जेल बस्नुपर्नेछ।