बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ
वैशाख २३, काठमाडौँ । जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ। भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ।