वेस्टर्न अष्ट्रेलियाका ग्रामीण क्षेत्रमा काम गर्न सहमत नर्सिङ विद्यार्थीको १२ हजारसम्म शुल्क राज्यले तिरिदिने


वैशाख २७, मेलबर्न, अष्ट्रेलिया। राज्य सरकारले क्षेत्रीय पश्चिमी अष्ट्रेलियामा काम गर्न सहमत नर्सिङ र मिडवाइफरी स्नातक विद्यार्थीहरूको विश्वविद्यालय शुल्कको १२ हजार डलर तिरिदिने भएको छ।

यस हप्ताको राज्यको बजेटमा HECS-HELP कार्यक्रममा भाग लिन ३५० जनासम्म विद्यार्थीको खर्चका लागि ४ करोड २ लाख डलर समावेश गरिएको छ। यो रकम पश्चिमी अष्ट्रेलियाका ग्रामीण भेगमा काम गर्न जाने विद्यार्थीहरूका लागि खर्च गरिने जानकारी दिइएको छ।

विद्यार्थीहरूले सार्वजनिक स्वास्थ्य प्रणालीमा कार्यरत क्षेत्रीय वेस्टर्न अष्ट्रेलियामा रहुन्जेल तीन वर्षसम्म प्रत्येक वर्ष आफ्नो HECS-HELP कार्यक्रमका लागि ४ हजार डलरसम्म प्राप्त गर्नेछन्।

स्वास्थ्य मन्त्री एम्बर-जेड स्यान्डरसनले यो कार्यक्रमलाई विद्यार्थीको शुल्क तिर्न गरिने महत्वपूर्ण योगदानको रूपमा वर्णन गरेकी छन्।

गत अगस्टमा भिक्टोरियन सरकारले विश्वविद्यालयका १० हजार विद्यार्थीहरूलाई नर्सिङ र मिडवाइफरी डिग्रीका लागि आर्थिक सहायता गर्ने घोषणा गरेको थियो।

भिक्टोरियाको सरकारले घोषणा गरेको २७ करोड सहायतमा राज्य सरकारको स्वास्थ्य क्षेत्रमा काम गर्न सहमत विद्यार्थीहरूका लागि विभिन्न प्रकारका छात्रवृत्तिको समेत व्यवस्था गरिएको थियो।

वेस्टर्न अष्ट्रेलियाकी स्वाथ्य मन्त्रीलाई राज्यका सहरहरूमा प्लेसमेन्टका लागि सानो अनुदानले मेलबर्नमा स्थान लिन सहमत भएका विद्यार्थीहरूलाई भिक्टोरियाले प्रस्ताव गरिरहेको कुरासँग प्रतिस्पर्धा गर्न सक्छ भनेर प्रश्न सोधिएको थियो।

उक्त प्रश्नको उत्तर दिँदै उनले वेस्टर्न अष्ट्रेलिया बस्नका लागि उपयुक्त स्थान भएका कारण भिक्टोरियाको अफरसँग प्रतिस्पर्धा गर्न सक्षम भएको दाबी गरिन्।

वेस्टर्न अष्ट्रेलियाको यो अनुदानबारे प्रतिक्रिया दिँदै सरकारको राम्रो कदम भएको बताएको छ। यद्यपी, एक विज्ञप्ती जारी गर्दै अष्ट्रेलियन नर्सिङ फेडेरेसनकी सचिव जेनेट रियाले राज्यले अझै धेरै गर्नु पर्ने बताएकी छिन्।

वेस्टर्न अष्ट्रेलियामा नर्सिङ डिग्री सबैभन्दा धेरै शुल्क भएको मध्ये एकमा पर्दछ। उक्त राज्यमा नर्सिङ डिग्रि अध्ययनका लागि ७० हजार डलरसम्म लाग्ने गर्दछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?