अष्ट्रेलियाको बजारबाट ४० हजारभन्दा बढी ‘जीप ग्रान्ड चेरोकी’ गाडी फिर्ता बोलाइयो
वैशाख २७, मेलबर्न, अष्ट्र्रेलिया । अष्ट्रेलियामा रहेका ४० हजारभन्दा बढी जीप कम्पनीका गाडीहरू फिर्ता बोलाइएको छ। उत्पादनमा समस्या देखिएका कारण दुर्घटनाको संभवना देखिएका कारण गाडीहरू फिर्ता बोलाइएको हो।
अष्ट्रेलिया सरकारले जारी गरेको रिकलले २०११ र २०२२ को बीचमा बनाइएको जीप ग्रान्ड चेरोकीलाई बजारबाट फिर्ता बोलाउनेछ।
पूर्वाधार, यातायात, क्षेत्रीय विकास, सञ्चार तथा कला विभागका अनुसार गाडीको इन्धन पम्पमा समस्या देखिएको छ।
यदि कारको इन्धन प्रणाली भित्र केहि बिग्रिँदा इन्जिनलाई पर्याप्त इन्धन प्राप्त गर्नबाट रोकिने र कार चलाउँदा अचानक शक्ति गुम्ने खतरा निम्तिन्छ।
यसले दुर्घटनाको बढ्दो जोखिम निम्त्याउन र मृत्युको जोखिम समेत हुने विभागले विज्ञप्तीमार्फत जानकारी गराएको छ।
यो समस्या समाधान गर्नका लागि अष्ट्रेलियामा पर्याप्त सामान नभएको बताइएको छ। जसका कारण ४३ हजार ३९६ जना कार धनीहरूले फियाट क्रिसलर अटोमोबाइल्स अष्ट्रेलियाले सम्पर्क नगरेसम्म पर्खिनुपर्ने बताइएको छ।
‘फलो-अप सूचना प्राप्त भएपछि, मालिकहरूले मर्मतको व्यवस्था गर्न कुनै पनि आधिकारिक जीप डिलरशिपलाई सम्पर्क गर्न सक्नेछन्।’ , विभागले भनेको छ।
गाडी धनिहरूले निः शुल्क मर्मत गर्न पाउने बताइएको छ।