सतासी गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई


Winnerनेपाल पुलिस क्लबले झापाको झिलझिलेमा आयोजित प्रथम सताक्षी गोल्डकपको उपाधि उचालेको छ । शनिबार रुपन्देही–११ ३–२ गोलले पराजित गरेर पुलिसले उपाधि आफ्नो हातमा पारेको हो ।
जितका पुलिसका रबि पासवानले २ र दिनेश गुरुङले १ गोलको योगदान गरे । पहिलो हाफको सात मिनेटमा पासवानले सुरज विकको पासमा गोल गरेका थिए । दोस्रो गोल दिनेश गुरुङले दोस्रो हाफको ३५ आंै मिनेटमा व्यक्तिगत प्रयासबाट गरेका थिए ।

क्वाटर फाइनलमा त्रिभुवन आर्मीलाई हराएको नेपाल पुलिसले सेमिफाइनलमा आयोजक सतासीधाम स्पोटिङ क्लबलाई हराएर फाइनल पुगेको थियो ।

रुपन्देही–११ बाट दुबै गोल अफ्रिकन खेलाडीको योगदानमा गरेको थियो। दोस्रो हाफको ४० औं मिनेटमा मार्टिनले विजय धिमालको पासलाई सदुपयोग गर्दे हेडमार्फत गोल गरेका थिए। मार्टिनले गरेको गोलको ३ मिनेट बित्न नपाउँदै रुपन्देहीका तर्फबाट मिनेटमा भिक्टोरले गोल गरे। उनले गरेको गोल रितेश मल्लको क्रसपासमा भएको हो।
झापाली मैदानमा दर्शकको प्रशस्त सर्मथन पाएको रुपन्देही– १ ले गेममा रणनीति बदल्न नसक्दा हार व्यहोर्नु परेको कोच दयाराम सापकोटाले बताए। क्वाटर फाइइलमा मोरङ–११ र सेमिफाइनलमा बिभागीय एपिएफ क्लबलाई हराएको रुपन्देहीले सताक्षी गोल्ड कपको दोस्रो संस्करणको उपाधि उचाल्ने गरी पुनः झिलझिले खेलमैदानमा फर्किने सापकोटाले बताए।

नेपाल पुलिस क्लबले जितसँगै नगद ३ लाख मेडल, ट्रफि र प्रमाण पत्र पाएको छ। उपबिजेतामा चित्त बुझाएको रुपन्देही–११ ले नगद १ लाख ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ। प्रतियोगिता समापन खेलको म्यान अफ द म्याचको उपाधि विजय धिमाल घोषित भए ।

प्रतियोगितामा नेपाल पलिस क्लबका तेज तामाङ सर्वोकृष्ट खेलाडी घोषित भए। आयोजक सतासीधाम स्पोटिङ क्लबका अन्जन बिष्ट र नेपाल पुलिस क्लबका रबि पासवानले सर्वा्धिक गोलकर्ताको उपाधि पाए। बेष्ट मिडफिल्डरको उपाधि रुपन्देहीका कालु थापाले पाए।  नेपाल पुलिस क्लबका रबिन श्रेष्ठ र अनन्त थापाले क्रमशः बेष्ट डिफेन्स र बेष्ट कोचकोे उपाधि पाए।

यसैबीच, राष्ट्रिय खेल जगतका तीन प्रतिभालाई नगद ११ हजारद्वारा प्रथम सताक्षी गोल्डकपको समापनको अवसर पारेर सम्मान गरिएको छ। झापाका फुटबलर अनन्त तामाङ र विशाल राई सम्मानित भएका छन्। यस्तै, धावक स्व. भूपेन्द्र सिलवाललाई पनि मरणोप्रान्त सम्मान गरिएको छ । बिजेता र सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का सभासद केशवकुमार बुढाथोकी, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायतले पुरस्कृत गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?