अष्ट्रेलियाको झाडीमा फसेकी महिला पाँच दिनसम्म एक बोतल वाइनको सहारामा बाचिन्


वैशाख २८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको झाडीमा फसेकी ४८ वर्षीया महिला मिठाई र एक बोतल वाइन पिएर पाँच दिन बाँचेकी छिन्।

लिलियन आईपी आइतवारको छोटो यात्राको लागि भिक्टोरिया राज्यको घना झाडीबाट यात्रा गर्दै हिँडेकी थिइन्। तर गलत मोड लिएपछि उनको गाडी हिलोमा फसेको थियो।

उनको गाडीमा तर पदार्थको नाममा एक बोतल वाइन थियो। उनी उक्त वाइन उपहार स्वरूप दिने तयारीमा थिइन्। तर, मादक पदार्थ सेवन नगर्ने आईपीलाई सोही वाइनले नै जिवित बनाएको छ।

पाँच रात अलपत्र परेपछि उनलाई आपतकालीन सेवाहरूले शुक्रबार फेला पारेका  थिए।  खोजीका लागि निस्किएको हवाइ उद्धार टोलीले उनलाई फेला पारेका थिए।

जिउँदो भेटिने आशा गुमाएपछि उनले आफ्नो परिवारलाई आफूले माया गरेको भन्दै पत्र समेत लेखेको पाइएको छ।

आईपी नजिकैको सहरबाट करिब ६० किलोमिटर (३७ माइल) टाढा फेला परेकी थिइन् र स्वास्थ्य समस्याका कारण उनी धेरै टाढा हिँड्न नसक्ने भएकाले आफ्नो कारसँगै बसेको भिक्टोरिया प्रहरीले बताएको छ।

उनीसँग खानको लागि केही खाजा र मिठाई मात्र थियो। उनीसँग पानी नभएको बताइएको छ।

आईपीलाई डिहाइड्रेसनको लागि उपचार गर्न अस्पताल लगिएको थियो। त्यहाँ उपचार गरेर उनी मेलबर्नमा घर फर्किसकेकि छिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?