अष्ट्रेलियामा एज्ड केयरमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले असिमित घण्टा काम गर्न पाउने


वैशाख २९, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा एज्ड केयरमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि काम गर्ने समयको प्रतिबन्ध लागु नहुने भएको छ। यसको मतलब अष्ट्रेलियामा उक्त क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू अनलिमिटेड समय काम गर्न पाउने भएका छन्।

तर, यो प्रावधान २०२३, डिसेम्बर ३१ तारिखसम्म मात्रै लागु हुने बताइएको छ। यद्यपी, अहिलेकै प्रावधानले उक्त क्षेत्रमा काम गर्ने विद्यार्थीहरूला सहज भने बनाउने बताइएको छ।

संघीय सरकारले भर्खरै नयाँ वृद्ध हेरचाह उद्योग श्रम सम्झौताको घोषणा गरेको छ। यस सम्झाैताले वृद्ध हेरचाह क्षेत्रमा अन्य देशहरूबाट योग्य हेरचाह कार्यकर्ताहरू ल्याउन सजिलो बनाउने बताइएको छ।

यदि कुनै योग्य अष्ट्रेलियाली नागरिकहरू उपलब्ध नभएको अवस्था अन्य मुलुकबाट काम गर्नका लागि योग्य व्यक्तिहरू बोलाउन पाउने भएका छन्। यसको मतलब रोजगादाताहरूले टेम्पोररी स्किल सर्टेज सबक्लास ४८२ भिसाका लागि नर्सिङ सपोर्ट वर्कर, पर्सनल केयर असिस्टेन्टस् र एज्ड एण्ड डिजेबल्ड केयररका लागि भिसा प्रायोजन गर्न सक्नेछन्।

विदेशी कामदारहरूलाई इम्प्लोयर नोमिनेसन स्कलि (सबक्लास १८६) भिसा कार्यक्रम अन्तर्गत अष्ट्रेलियामा उल्लेख गरिएका हेरचाह व्यवसायहरूमा दुई वर्षको पूर्ण-समय कार्य अनुभवको साथ स्थायी बसोबासको लागि पनि प्रायोजित गर्न सकिने भएको छ।

अष्ट्रेलियाले कोरोना महामारीका कारण सिर्जना भएको कामदार अभावलाई पूर्ति गर्न जनवरी २०२२ देखि विद्यार्थीहरूको काम गर्ने समयको सिमितता हटाएको थियो। त्यो भन्दा अघिसम्म अष्ट्र्रेलियामा हप्तामा २० घण्टा मात्रै काम गरिरहेका थिए।

अब जुलाई १ तारिखदेखि एज्ड केयर क्षेत्रमा काम गर्ने विद्यार्थीहरूले बाहेक अन्यले हप्तामा २४ घण्टा मात्रै काम गर्न पाउनेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?