हप्तामा २ दिन उडान भर्न नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति
जेठ १०, मेलबर्न, अष्ट्रेलिया । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सिड्नी उडानको अनुमति पाएको छ ।
उडान तथा विमानहरूसम्बन्धि जानकारी दिने एभियन थ्रस्टका अनुसार सिड्नीमा हप्ताको २ वटा उडान भर्नका लागि नेपाल एयरलाइन्सले अनुमति पाएको छ ।
एभियन थ्रस्टले उल्लेख गरे अनुसार नेपाल एयरलाइन्सले बिहीबार र शनिबार गरेर हप्तामा २ पटक काठमाडाैँबाट सिड्नीको सिधा उडान अनुमति पाएको हो । नेपालका तर्फबाट अष्ट्रेलियन नागरिक उड्यन विभागमा सबै विवरणहरू पेस गरिइसकेको छ ।
सिड्नी उडानको क्रममा एयरलाइन्सले सिंगापुरको ट्रान्जिट प्रयोग गर्ने पनि बताइएको छ । अहिले एयरलाइन्स जेनेरल सेल्स एजेन्टको छनाैट प्रक्रियामा लागेको जानकारी दिइएको छ ।
नेपाल एयरलाइन्सले काठमाडाैँ-सिड्नी उडानका लागि निगमको वाइडबडी प्रयोग गर्ने तय भएको छ ।