७ वर्षपछि अल-कायदाको अपहरणबाट मुक्त भए अष्ट्रेलियाका ८८ वर्षीय डाक्टर


जेठ १२, मेलबर्न, अष्ट्रेलिया । पश्चिम अफ्रिकामा अल-कायदाले सात वर्षभन्दा बढी समयदेखि बन्धक बनाएका ८८ वर्षीय अष्ट्रेलियन डाक्टर रिहा भएका छन्।

अष्ट्रेलियाका विदेश मन्त्रीले डा केनेथको इलियटको सुरक्षित र स्वस्थ रूपमा परिवारसँग पुनर्मिलन भएको जानकारी दिएका हुन्।

उनी र उनकी श्रीमतीलाई सन् २०१६ मा माली र बुर्किना फासोको सीमा नजिकबाट पक्राउ गरिएको थियो। उनीहरूले उक्त क्षेत्रमा ४० वर्षभन्दा बढी समयदेखि क्लिनिक सञ्चालन गरेका थिए।

इस्लामिक मगरेबमा अल-कायदाले त्यस समयमा दम्पतीलाई अपहरण गरेको बताएको थियो।

उक्त समूहले सार्वजनिक दबाब र महिलाहरूलाई युद्धमा संलग्न नगर्नका लागि आफ्ना नेताहरूको निर्देशन भन्दै अपहरण गरेको तीन हप्तापछि श्रीमती जोसेलिनलाई रिहा गरेको थियो।

“८८ वर्षको उमेरमा र घरबाट धेरै वर्ष टाढा बसेपछि डा इलियटलाई अब आराम गर्न र बल पुनर्निर्माण गर्न समय तथा गोपनीयता चाहिन्छ। हामी तपाईंहरूको सहानुभूतिको लागि धन्यवाद दिन्छौं,” उनको परिवारले एक विज्ञप्तिमा भनेको छ।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले डा इलियट र उनको परिवारले सबैभन्दा कठिन परिस्थितिमा देखाएको लचिलोपनलाई स्वीकार गरेकी छन्।

हामी अष्ट्रेलियाली अधिकारीहरूलाई धन्यवाद दिन्छौं जसले डा. इलियटको रिहाई सुरक्षित गर्न र उनको परिवारलाई सहयोग प्रदान गर्न धेरै वर्ष काम गरेका छन्,” उनले एक विज्ञप्तिमा भनिन्।

पर्थका बासिन्दा डा इलियट र उनकी श्रीमतीले बुर्किना फासोको डिज्बो शहरमा १२० शय्याको क्लिनिक चलाएका थिए। उनी त्यहाँ एक्लो सर्जन थिए।

उनीहरुलाई पक्राउ गरेपछि स्थानीयले उनीहरुको रिहाइको लागि फेसबुक पेज खोलेर अभियान नै चलाएका थिए।

अल-कायदा इन इस्लामिक मगरेब र उत्तर- पश्चिम अफ्रिकाका अन्य चरमपन्थी समूहहरूले लामो समयदेखि पैसा असुल्नका लागि अपहरणको शैली अपनाइरहेका छन्।

सन् १९९० को दशकमा अल्जेरियाको गृहयुद्धमा जरा गाडेको यो समूह सहारा मरुभूमिको दक्षिणमा रहेको साहेल क्षेत्र र माली र बुर्किना फासो भित्र सक्रिय छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?