मेलबर्नको अस्पतालमा बम डिस्पोजल टोलीको अपरेशन


जेठ १४, मेलबर्न, अष्ट्रेलिया। मेलबर्न अस्पतालमा बम स्क्वाडले अपरेशन गरेको छ। बम स्क्वाडले अनुसन्धान सुरू गरेसँगै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको चेतावनी दिइएको थियो।

एक शंकापद प्याकेज देखिएपछि आइतवार बिहान ७ बजे अल्फ्रेड अस्पतालमा बम डिस्फोजल टोली बोलाइएको भिक्टोरिया प्रहरीले जानकारी दिएको छ।

अस्पताल वरपरका सडकहरूलाई सावधानीका रूपमा घेराबन्दी गरिएको थियो। तर, विज्ञ टोलीले अनुसन्धान सकेपछि उक्त क्षेत्र सुरक्षित घोषणा गरिएको थियो।

प्रहरीले अस्पताल परिसरमा फेला परेको वस्तु विष्फोटक पदार्थ नरहेको पनि प्रष्ट पारेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?