बर्दियामा ७० वर्षीया वृद्धा र झापामा १७ वर्षीया किशोरी बलात्कृत


जेठ १४, काठमाडौँ । बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झपामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ। बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका(४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।

थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?