सिड्नी आगलागी प्रकरण : १३ वर्षीय दुई बालकले प्रहरीसमक्ष गरे आत्मसमर्पण


जेठ १५, मेललबर्न, अष्ट्रेलिया । मध्य सिड्नीमा रहेको सात तले सम्पदा भवनमा आगलागीसँग सम्बन्धित दुई १३ वर्षीय बालकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

बिहीबार दिउँसो भवनमा आगो लागेको थियो। आगो निभाउन करिब १०० अग्नि नियन्त्रकहरू खटिएका थिए।  प्रहरीले घटनामा अन्य किशोरहरुको संलग्नता रहेको विश्वास गरेको र उनीहरुलाई सम्पर्क आउन आग्रह गरेको छ।

आगलागी हुँदा १५ जना भवनमा सुतिरहेका थिए. तीमध्ये १३ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

यद्यपि, कम्तिमा ७० जना बासिन्दाहरू वरपरका भवनहरूबाट विस्थापित भएका छन्। उनीहरू कम्तीमा ७ दिन अन्यत्र नै बस्ने अनुमान गरिएको छ।

प्रहरीले आत्मसमर्पण गर्ने किशोरहरूले उनीहरूको सोधपुछमा सहयोग गरिरहेको पुष्टि गरेको छ।

फायर एण्ड रेसक्यु न्यु साउथ वेल्सले बिहीबारको आगो दशाैँ अलार्म स्थितिमा पुगेको थियो। यो भनेको सबैभन्दा गम्भीर अवस्था भएको बताइएको छ।

हेन्डर्सन ह्याटको पुरानो फ्याक्ट्री रहेको उक्त घर सम्पदा सुचिमा सुचिकृत थियो। अहिले खाली रहेता पनि उक्त घर होटलको रूपमा सञ्चालन गर्ने तयारी भएको बताइएको छ।

आगो लागेपछि सिड्नीमा नै धुवाँको बाक्लो मुस्लो देखिएको थियो। भिडियोमा भवनको माथिल्लो तह नजिकैको सडकमा खसेको देखिएको छ।

फायर एण्ड रेस्क्यू एनएसडब्ल्यूले नजिकैको आवासीय ब्लकहरूमा क्षति हुनबाट जोगाउन आगो नियन्त्रण गर्न सक्षम भएको बताएका थिए।

आगलागीको कारणको अनुसन्धान एनएसडब्लु पुलिस आर्सन स्क्वाडले लिएको जानकारी दिइएको छ।

अग्निनियन्त्रकहरूले आगो निभाउन काम गरेपछि बिहीबार मध्यवर्ती क्षेत्रमा आउने र जाने यातायात बन्द गर्नुपरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?