भिक्टोरियामा भूकम्पको धक्का
जेठ १४, मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा भूकम्पको धक्का महसुश गरिएको छ। स्थानीय समय अनुसार ११ बजेर ४१ मिनेटमा भूकम्पको धक्का महसुश गरिएको हो।
अष्ट्रेलियाको भूकम्प मापन केन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार उक्त भूकम्प ३.८ म्याग्निच्युडको रहेको छ। त्यस्तै, भूकम्पको गहिराइ भने ३ किलोमिटर रहेको उल्लेख गरिएको छ।
भूकम्पको गहिराइ कम भएका कारण धेरै कम्पन भएको उल्लेख गरिएको छ। भिक्टोरिया आसपासका क्षेत्रहरूमा समेत भूकम्पको धक्का महसुश गरिएको रिपोर्टहरू प्राप्त भएको छ।
कुनै मानवीय तथा भाैतिक क्षतिको रिपोर्ट भने अहिलेसम्म नगरिएको जानकारी दिइएको छ।