शंकास्पद गतिविधि देखिएपछि पर्थको एक स्कुलमा लकडाउन


जेठ १५, मेलबर्न, अष्ट्रेलिया । पर्थको एउटा स्कुलमा लकडाउन गरिएको छ। मोटरसाइकल चालक बन्दुक सहित उक्त क्षेत्रमा घुमेको पाइएपछि विद्यालय बन्द गरिएको हो।

सोमबार बिहान करिब ११ बजे प्रहरीलाई स्ट्र्याटनमा एकजना शंकास्पद व्यक्ति देखिएको जानकारी दिइएको थियो। उक्त व्यक्तिले अफ-रोड बाइक चलाएको र अनुहार छोपेका कारण शंकास्पद देखिएको खबर प्रहरीसमक्ष गरिएको थियो।

एक प्रहरी प्रवक्ताले ती व्यक्तिसँग बन्दुक भएको हुनसक्ने अपुष्ट खबर प्राप्त गरेको जानकारी दिएका छन्। प्रहरीले यस घटनाको अनुसन्धान गर्न टोली खटाएको छ।

ग्रीनमाउन्टको सेन्ट एन्थोनी स्कूलका विद्यार्थीका अभिभावकहरूलाई उक्त क्षेत्रमा एक घटनाका कारण विद्यालय लकडाउन गरिएको म्यासेज पठाइएको जानकारी दिइएको छ।

यस घटनाबारे कसैलाई थप जानकारी भएमा 131 444 मा सम्पर्क गर्न आग्रह गरिएको छ।

केही दिनअघि एटलान्टिस बीच ब्याप्टिस्ट कलेज टु रक्समा बन्दुक सम्बन्धि घटना भएको थियो। १५ वर्षीय विद्यार्थीले बन्दुक ल्याएर तीन राउन्ड फायर गरेपछि स्कुल लकडाउन गर्नु परेको थियो।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती व्यक्ति सोही कलेजका पूर्वविद्यार्थी भएको पाइएको छ। यद्यपी, यो घटनाको समेत प्रहरीले अनुसन्धान जारी राखेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?