सिड्नीमा आगलागीका कारण क्षति पुगेको भवन हटाउन सुरू


जेठ १६, मेलबर्न, अष्ट्रेलिया । गत हप्ता आगोले जलेर क्षति पुगेको सिड्नी भवन भत्काएर भग्नावशेषहरू सफा गर्ने काम सुरू भएको छ। मंगलबार विशेषज्ञ शव कुकुरहरू ल्याइएपछि सफाइको काम सुरू गरिएको हो।

जलेर ध्वस्त भएको उक्त भवनमा दुई घरबारविहीन व्यक्तिहरू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीहरूको शव खोज्नका लागि कुकुरहरू र फोरेन्सिक इमेजिङ प्रयोग गरिने जानकारी दिएको छ।

अहिलेसम्म उनीहरूको शव नभेटिएको प्रहरीले जानकारी दिएको छ। सरी हिल्सको रान्डल स्ट्रिटमा रहेको भवनमा भत्काउने कामसँगै खोजी गरिएको थियो।

प्रहरीले यसै घटनासँग सम्बन्धित भएर चाैथो बालकसँग सोधपुछ गरेको बताएको छ। यसअघि प्रहरीले तीन बालकलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो।

आगलागी भएको पाँच दिनपछि सरि हिल्सको रान्डल स्ट्रिट साइटमा सरसफाइ टोली पुगेर काम सुरू गरेका छन् । अहिले उनीहरुको मुख्य काम पुरानो सम्पदा भवनलाई भत्काउन तयार पार्नु भएको बताइएको छ।

संरचनालाई चरणबद्ध रूपमा ढाल्नु अघि विशेषज्ञ उपकरणहरू साइटमा ल्याइनेछ। आगजनी जासूसहरूले उक्त भवनमा बेपत्ता भएका भनिएका व्यक्तिहरूको शव खोज्नेछन्।

प्रहरीले यस घटनासँग सम्बन्धित ४ बालकलाई नियन्त्रणमा लिएको बताएता पनि उनीहरूमाथि केही अभियोग लाग्ने वा नलाग्ने भन्ने प्रष्ट पारेको छैन।

प्रारम्भिक रूपमा उक्त सम्पदा भवनको कुनै पनि भाग जोगाउन नसकिने देखिएका कारण पूरा भत्काउने तयारी गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?