अष्ट्रेलियाका शीर्ष १० धनाड्य व्यक्तिहरूको नाम सार्वजनिक, कसको सम्पत्ति कति ?


जेठ १६, मेलबर्न, अष्ट्रेलिया । २०२३ मा अष्ट्रेलियाका शीर्ष १० धनी व्यक्तिहरूको नाम सार्वजनिक भएको छ। पछिल्लो एक अध्ययनले अष्ट्रेलियाका शीर्ष १० धनाड्य व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो।

फाइनान्सियल रिभ्यु रिच लिस्टको पछिल्लो रिपोर्टले अष्ट्रेलियामा रहेका २०० शीर्ष धनी व्यक्तिहरूले ५६३ बिलियन डलर सम्पत्तिमा प्रभुत्व जमाएको उल्लेख गरेको छ।

शीर्ष १० मा जीना राइनहर्ट, क्लिभ पाल्मर, एन्ड्र्यु फरेस्ट र इभान ग्लासेनबर्ग जस्ता खानी उद्योगका प्रभावशाली व्यक्ति पर्न सफल भएका थिए। ग्लासेनबर्ग स्विस स्वामित्वको ग्लेनकोरको सबैभन्दा ठूलो शेयरधारक र पूर्व सीईओ हुन्। उनले दक्षिण अफ्रिकी, स्विस र अष्ट्रेलियाको नागरिकता लिएका छन्।

यसपटकको शीर्ष १० मा भने प्रविधि क्षेत्रका चर्चित नामहरूले पनि स्थान बनाउन सफल भएका छन्। एटलासियन संस्थापकहरू माइक क्यानन-ब्रुक्स र स्कट फार्क्हार तथा क्यानभा संस्थापक मेलानी पर्किन्स र क्लिफ ओब्रेच पनि शीर्ष १० मा पर्न सफल भएका छन्।

यी हुन् अष्ट्रेलियाका शीर्ष १० धनाड्य व्यक्तिहरू :

१. जिना राइनहर्ट : ३७.४ बिलियन डलर

२. एन्ड्र्यु फरेस्ट : ३३.३ बिलियन डलर

३. एन्थोनी प्राट एण्ड फ्यामिली : २४.३ बिलियन डलर

४. ह्यारी ट्रिगोबफ : २३.८ बिलियन डलर

५. क्लिभ पाल्मर : २३.६ बिलियन डलर

६. माइक क्यानन-ब्रुक्स : १९ बिलियन डलर

७. स्कट फार्कर : १८.१ बिलियन डलर

८. इभान ग्लासेनबर्ग : १३.६ बिलियन डलर

९. मेलानी पर्किन्स एण्ड क्लिफ अब्रेच : १३.१ बिलियन डलर

१०. फ्र्यांक लोवी : ९.३ बिलियन डलर

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?