अष्ट्रेलियामा प्रहरी हिरासतबाट भागे एक कैदी


जेठ २१, मेलबर्न, अष्ट्रेलिया । प्रहरी हिरासतामा रहेका एक कैदी भागेका छन्। क्वीन्सल्याण्डको रकह्याम्प्टन अस्पतालबाट कैदी फरार भएको प्रहरीले जानकारी दिएको छ।

क्वीन्सल्याण्ड करेक्टिभ सर्भिसेसले ब्यारी केनेथ ब्लूमफिल्ड शनिबार अस्पतलाबाट भागेको बताएको छ। कसैलाई शारीरिक चोट पुर्‍याएको आरोपमा उनले साढे दुई वर्ष जेल सजाय काटिरहेका थिए।

प्रहरी र सुधार अधिकारीहरूले ती व्यक्तिको खोजी गरिरहेका छन्। कसैले उनलाई देखेका तुरून्त ट्रपिल 0 मा खबर गर्न अनुरोध गरिएको छ।

कालो वर्णका, कालो कपाल भएका ब्लूमफिल्ड  सेन्टिमिटर अग्लो रहेको जानकारी दिइएको छ। उनी प्रहरीको हत्कडी सहित नै भागेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?