फागुन १ गतेबाट अत्यधिक नगद राशीको बुढासुब्बा गोल्डकप हुने


काठमाडौं उपत्यका बाहिरको सबैभन्दा पुरानो र धेरै पुरस्कार राशि भएको अन्तर्राष्ट्रियस्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७औँ संस्करण फागुन १ गतेदेखि हुने भएको छ । मिनी ब्राजिलका रूपमा परिचित धरानमा हुने प्रतियोगिताको १७औँ संस्करण गत वर्षभन्दा केही महिना अगाडि हुन लागेको हो । आयोजक धरान फुटबल क्लबले चैत महिनामा हुँदै आएको प्रतियोगिताको यो संस्करण भने फागुन १ गतेदेखि हुने धरानमा आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगिताको १७औँ संस्करणसम्म पुग्दा धरानमा सुविधासम्पन्न रङ्गशाला नभएकै कारण घाटा व्यहोर्दै आएको दुःखेसो गर्दै क्लबका अध्यक्ष किशोर राईले अब भने नयाँ ढङ्गले अझ व्यवस्थितरूपमा सम्पन्न गर्ने जानकारी दिनुभयो । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको १७औँ संस्करण पुरस्कारको राशिसँगै सहभागी टिमको सङ्ख्यामा समेत वृद्धि गरिने आयोजक धरान फुटबल क्लबले जनाएको छ । गोल्डकपको १६औँ संस्करणमा उपाधि विजेताले नगद रु तीन लाख २५ हजार पाएको थियो । सोह्रौँ संस्करणमा उपाधि अफ्रिकन युनाइडेट क्लबले हात पारेको थियो । प्रतियोगितालाई सफल बनाउ न उद्घाटन कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहने तथा प्रचारप्रसारका लागि देशका विभिन्न सहरमा साङ्गीतिक कार्यक्रमसमेत गरिने क्लबका महासचिव प्रताप तामाङले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?