इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा समुद्रमा भेटियो
फ्रान्सको पेरिसबाट ईजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको विमान भूमध्यसागरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
विमानको खोजीमा संलग्न भएकाहरुले तटिए क्षेत्रबाट करिब ३ सय किलोमिटर टाढा समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका हुन् । विमानमा चालक दलका सदस्यसहित ६६ जना छन् ।