अष्ट्रेलियामा धुम्रपान गर्ने किशोर-किशोरीहरूको संख्या दुई दशककै सबैभन्दा बढी, भेपले बढायो चिन्ता
जेठ २४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा धुम्रपान गर्ने किशोर-किशोरीहरूको संख्या बढेको पाइएको छ। क्यान्सर काउन्सिलको नयाँ अध्ययन अनुसार करीब २ दशकमा पहिलो पटक यो दर बढ्दै गएको हो।
अनुसन्धानका अनुसार विगत चार वर्षमा १४ वर्षदेखि १७ वर्षसम्मका युवाहरूले धेरै धुम्रपान गरेका छन्। भेप (विद्युतीय चुरोट)ले यो दरमा ठूलो प्रभाव पारेको उल्लेख गरिएको छ।
क्यान्सर काउन्सिल भिक्टोरियाकी साराह डर्किनका अनुसार अन्तर्राष्ट्रिय अध्ययनले भेप प्रयोग गर्ने बच्चाहरूले भविष्यमा धुम्रपान सुरु गर्ने सम्भावना तीन गुणा बढी हुने देखाएको छ।
‘यो अत्यन्तै चिन्ताको विषय छ की भेपहरूले युवा मानिसहरूलाई लक्षित गरी विज्ञापन गरिरहेका छन्।’ उनले भनिन्। ‘हामी चिन्तित छौं कि यो प्रमाणले पूर्ण रूपमा भेपले युवाहरूलाई धुम्रपान सुरु गर्न बाध्य बनाउँछ भन्ने देखाएको छ।’
डर्किनले यो विषयको बहुपक्षीय सम्बोधन गर्न आवश्यक रहेको सुझाएकी छन्।
‘यो विषय सुधारहरूको ठूलो प्याकेज छ जुन स्वास्थ्य मन्त्री मार्क बटलरले अगाडि राखेका छन्। जसमा ई-सिगरेटमा पहुँच प्रतिबन्ध तथा आकर्षण कम गर्न र सुर्तीको वरिपरि शिक्षा बढाउने थुप्रै उपायहरू समावेश छन्।’ उनि भन्छिन्, ‘प्याकेजमा भएका चीजहरू मध्ये एउटा भनेको चुरोट र मेन्थोलमा प्रतिबन्ध हो। जसले धुवाँलाई चिल्लो महसुस गराउँदछ र यसको वास्तविक कठोरता र हानिलाई लुकाउँछ।’
उनले बच्चाहरूले धुम्रपान सुरु गर्ने पहिलो स्वाद मेन्थोलमा कटौती गर्नु एक उत्कृष्ट कदम भएको बताइन्। उनका अनुसार मन्थोलले धुम्रपानको लत निम्त्याउन मुख्य भूमिका खेल्ने गर्दछ।