दुर्घटनाग्रस्त इजिप्ट एयरको फोटो सार्वजनिक, दुर्घटनाअघि निस्किएको धुँवा के थियो ?


Egypt Air

इजिप्टको सेनाले गत बिहीबारबाट हराइरहेको इजिप्ट एयरको विमानको खोजीका क्रममा भूमध्यसागरमा भेटिएका वस्तुहरुको तस्वीर शनिबार सार्वजनिक गरेको छ ।

यसरी सार्वजनिक गरिएका तस्वीरमा लाइफ ज्याकेट, सिटका भाग र इजिप्ट एअरलाई स्पस्ट बुझाउने वस्तुहरु रहेको बीबीसीले जनाएको छ । तर, विमानको ‘ब्ल्याक बक्स’ भने भेटिएको छैन ।

यता, विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन आएको छ । विमानको ‘सिग्नल’ हराउनुपूर्व ट्वाइलेट र एअरक्राफ्टको विद्युतीयपार्टमा धुँवा फेलापरेको ‘एभिएसन हेराल्ड’ नामक विमान उद्योगको वेबसाइटले उल्लेख गरेको हो । तर, यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।

विमानको सन्चार प्रणालीको तीन स्वतन्त्र माध्यमबाट प्राप्त ‘डाटा’को हवाला दिँदै उक्त वेबसाइटले यस्तो दाबी गरेको हो ।
अलेक्जेन्ड्रियाबाट २९० किलोमिटर टाढा विमानको भग्नावशेष र यात्रुका सामान फेलापरेको इजिप्टको सेना र त्यहाँको राष्ट्रिय विमान सेवाले जनाएको हो । फ्रान्सको प्यारिसबाट इजिप्टको कायरोका लागि उडेको विमानमा ६६ जना सवार थिए ।

कारापाथोस टापुनजिक ग्रीक, इजिप्ट, फ्रान्स र बेलायतका सेनाले विमानको खोजेका थिए । विमान राडारबाट सम्पर्क्विहीन हुनुअघि २५ हजार फिटभन्दा माथिबाट खसेको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?