मेलबर्नमा मनाइयो बुद्ध जयन्ती, सिड्नीमा आज, विश्व शान्तिको लागि प्रार्थना
२५ सय ६० औं बुद्ध जयन्ती मेलबर्नमा विशेष पूजा गरी मनाइएको छ । स्थानीय रिजर्भोयरस्थित बौद्ध गुम्बामा आयोजना गरिएको पूजामा नेपाली समूदायका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, न्याभका अध्यक्ष डा. अनुपम पोखरेल, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, न्याभका पूर्व अध्यक्ष सुधिर शाक्य लगायत समूदायका अगुवाहरु सहभागी भएका थिए । विहान ८ बजेबाट सुरु भएको बौद्ध पूजामा धार्मिक लामा गुरुले मन्त्रोच्चारणका गर्नुका साथै १ सय ८ दिप प्रज्वलन पनि गरिएको थियो । तामांग सोसाईटी अफ भिक्टोरियाले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा उपस्थितहरुले लामागुरुबाट आशिर्वाद पाएका थिए भने उनीहरुलाई प्रसादको पनि व्यवस्था गरिएको थियो । यसैगरी सिड्नीमा आज बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम गरिँदैछ । विहान ९ बजेदेखि हुने कार्यक्रममा लामा गुरुहरुबाट बौद्ध पूजाका साथै विपस्यना ध्यान पनि गराइने भएको छ । यसैगरी बुद्धको जीवनीका सम्बन्धमा जानकारी दिनेगरी विभिन्न गतिविधि गर्ने तयारी छ । यसैगरी बुद्धकप फुटबल २०१६ अन्तर्गत ९ ए साईड भेट्रान्स कप हुनेछ भने सेभेन ए साईड बुद्ध कप पनि आयोजना गरिने भएको छ । अन्य विविध कार्यक्रम गरी बुद्ध जयती मनाउन लागिएको हो ।