प्रधानमन्त्री र मुख्य सचिव भिड्ने !


football-1

गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री–११ र मुख्य सचिव–११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

गणतन्त्रण दिवस मूल समारोह समितिले जेठ १६ गते राजधानीको दशरथ रंगशालामा फुटबल प्रतियोगिता गर्न लागेको हो ।

प्रधानमन्त्री–११ बाट प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मन्त्रीहरु र  मुख्य सचिव–११ तर्फबाट मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवहरु खेलमा भिड्दै छन् । प्रतियोगिता हेर्न कुनै शुल्क तिर्नु नपर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?